२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एनएमबि बैंक, खेती एप र बागमती गाउँपालिकाबीच त्रिपक्षीय सम्झौता, किसानलाई डिजिटल कर्जामा पहुँच

images

  • २०८१ असोज ६, आइतबार
  • 1.2K
    SHARES
  • एनएमबि बैंक, खेती एप र बागमती गाउँपालिकाबीच त्रिपक्षीय सम्झौता, किसानलाई डिजिटल कर्जामा पहुँच

    काठमाडौँ : एनएमबि बैंक लिमिटेड, डिभी एक्सेलस प्रा.लि (खेती एप) र बागमती गाउँपालिका मकवानपुरबिच सम्झौता भएको छ। एनएमबि बैंक, खेती एप र बागमती गाउँपालिकाबिच गाउँपालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको हो। 

    सम्झौता पत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डि.भी एक्सेलस प्रा.लि.को तर्फबाट सह–संस्थापक न्यूराज कार्की र गाउँपालिकाको तर्फबाट अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका छन्।

    एनएमबि बैंक र डि.भी एक्सेलस प्रा.लि. बिच खेती एप मार्फत किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई पूर्ण रूपमा डिजिटल कर्जा प्रदान गर्नको लागि सम्झौता भए बमोजिम एनएमबि खेती कर्जा प्रदान गर्दै आइरहेकोमा बागमती गाउँपालिकाले कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई यस डिजिटल कर्जा मार्फत उनीहरूलाई कर्जा लगानी सहज बनाएर कृषकहरूको आर्थिक अवस्था वृद्धि गर्नको लागि तीनै वटा संस्था मिलि वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्ने, प्राप्त गर्न योग्य किसानहरूलाई कर्जा कर्जाको लागि सहजीकरण गर्ने, ऋणीहरूलाई अन्य विभिन्न खालका परामर्श सेवाहरू प्रदान गर्ने तथा कर्जा असुलीमा पनि सहयोग गर्ने जस्ता विषयहरूमा सहमति भएको छ।

    कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सर्केश घलानले गाउँपालिकाका किसानहरूलाई कृषि व्यवसायमा उत्प्रेरित गर्नको लागि विभिन्न कार्यक्रमहरू गरिरहेको र आफूले भरसक अझै बढी सहयोग गरेर कृषि व्यवसायलाई आधुनिकीकरण गर्ने र कृषि व्यवसायद्वारा गाउँपालिकाका ऋणीहरूलाई वित्तीय अनुशासनमा रहेर व्यवसाय गर्न लगाई एउटा उदाहरणीय गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

    कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष र केही वडाका अध्यक्षहरू, कृषि अधिकृत लगायत अन्य अधिकृतहरूको समेत उपस्थिति रहेको थियो। अघिल्लो वर्ष बागमती र गण्डकी प्रदेशमा सुरु गरिएको एनएमबि खेती कर्जा अब भने छिट्टै नै देशभर सुरु गर्ने तयारी गर्न लागिएको छ।

    एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ