२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आईपीओ निष्कासन : ६७ कम्पनीको पर्खाइ, दशैंपछि प्रक्रिया अघि बढ्ने संकेत

images

  • २०८१ असोज ६, आइतबार
  • 9.2K
    SHARES
  • आईपीओ निष्कासन : ६७ कम्पनीको पर्खाइ, दशैंपछि प्रक्रिया अघि बढ्ने संकेत

    काठमाडौँ : नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको स्वीकृति माग गर्दै आवेदन दिने कम्पनीहरूको संख्या बढ्दै गएको छ। पछिल्लो ८ महिनादेखि आईपीओ निष्कासनको अनुमति नपाउँदा ६७ कम्पनीहरू बोर्डको पाइपलाइनमा रहेको छन्। 

    बोर्डमा रहेका ६७ कम्पनीहरूले २९ करोड ४८ लाख ९९ हजार कित्ता शेयर बराबर ३८ अर्ब ३९ करोड १८ लाख रुपैयाँको आईपीओ निष्कासनको लागि आवेदन दिएका छन्। नयाँ कम्पनीहरूको आईपीओ निष्कासन प्रक्रिया गत पुस तेस्रो सातादेखि रोकिएको थियो। तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएसँगै कुनै पनि कम्पनीले आईपीओ निष्कासनको अनुमति पाउन सकेको छैन।

    अहिले, अर्थमन्त्रालयले महेश बराललाई कार्यवाहक अध्यक्षको रूपमा पठाए पनि आईपीओ स्वीकृतिको प्रक्रिया अझै अगाडि बढ्न सकेको छैन। कम्पनीहरूले आईपीओ, हकप्रद, म्युचुअल फन्ड र डिबेन्चरबाट पूँजी संकलन गर्न नपाउँदा अर्थतन्त्रमा शिथिलता आएको तर्क गरिएको छ। 

    बरालले अर्थ समितिमा दिएको जानकारी अनुसार लामो समयदेखि रोकिएको आईपीओ प्रक्रियालाई अघि बढाउन बोर्डले काम गरिरहेको छ। नेटवर्क ९० भन्दा कम भएका कम्पनीहरूको हकमा भने पर्ख र हेरको अवस्थामा नै छौँ।

    ४८ कम्पनीहरूको आईपीओ फाइल अघि बढाइएको छ भने लेखा परीक्षण प्रतिवेदन नबुझाएका ७ कम्पनीको फाइल प्रक्रियामा रोकिएको छ। बोर्ड स्रोतका अनुसार दशैंपछि मात्र आईपीओ स्वीकृतिको प्रक्रिया अघि बढ्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ