२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

images

  • २०८१ असोज ६, आइतबार
  • 1.1K
    SHARES
  • आज बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

    काठमाडौँ : बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले ६ असोजमा बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। यसका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी १४ दिनका लागि ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने योजना बनाएको हो। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् र निक्षेप संकलनको बोलकबोल पनि आजै हुने छ।

    भदौ २९ गतेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले ६५ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । तर, यसै अवधिमा जम्मा ५२ खर्ब १६ अर्ब रुपैयाँ बराबर मात्र कर्जा लगानी गरेका बैंकहरुसँग ७ खर्बमाथि लगानीयोग्य पुँजी (तरलता) रहेको छ।

    हाल बैंक तथा वित्तीय संस्थाहरुको सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) ७८.७९ प्रतिशतमा रहेको छ । जुन नियम अनुसार ९० प्रतिशतसम्म जान पाउँछन्। तर, कर्जाको माग न्यून भएकोले बैंकहरुले लगानी बढाउन सकिरहेका छैनन्।

    राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन पेश गर्न सक्नेछन् । उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।

    केन्द्रीय बैंकले भदौ महिनामा ४ खर्ब ७० अर्ब तरलता प्रशोधन गरेको छ। एकै महिना ४ खर्ब ७० अर्ब रुपैयाँ तानेपछि हाल वाणिज्य बैंकहरूमा कूल लगानीयोग्य रकम ६ खर्ब रुपैयाँ हाराहारीमा पुगेको छ।

    बैंकहरुमा बढी तरलताका कारण केन्द्रीय बैंकलाई सस्तो ब्याजदरमा निक्षेप बुझाउन बाध्य छन्। केन्द्रीय बैंकले पछिल्ला दिनमा लगातार निक्षेप संकलन मार्फत तरलता प्रशोधन गर्दै आएको छ।

    नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न रिपो र रिभर्स रिपोको प्रयोग गर्ने गर्दछ। तरलता अभाव हुँदा रिपो मार्फत नगद प्रवाह गर्ने र अधिक तरलता हुँदा रिभर्स रिपो अर्थात् निक्षेप संकलन मार्फत, तरलता तान्ने प्रचलन छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ