काठमाडौँ : दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज असोज ६ गते अन्तिम दिन रहेको छ जसमा सीइडीबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी र ओरियण्टल होटल्स लिमिटेड रहेका छन्।
कम्पनीले आफ्नो साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात असोज ७ गतेलाई बुकक्लोज मिति तय गरेको थियो। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र २ कम्पनीले घोषणा गरेको लाभांस र साधारण सभामा सहभागिता जनाउन पाउनेछन्।
सीइडीबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी : गत आर्थिक वर्षको मुनाफाबाट सीइडीबी हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको ११ बोनस प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हाे र बोनस वितरणपश्चात ५४.५ प्रतिशत हकप्रद शेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
सभामा बोनस वितरण, हकप्रद निष्कासन, प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरू पारित हुनेछन्। वार्षिक साधारण सभा असोज २१ गते काठमाडौँको कालिमाटी ब्याङ्क्वेटमा बिहान १० बजे हुनेछ।
ओरियण्टल होटल्स लिमिटेड : गत आर्थिक वर्षको मुनाफाबाट ओरियण्टल होटल्सले हाल कायम चुक्ता पूँजीको ५.२३६१६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हाे जसमा ५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.२६३१६ प्रतिशत (कर सहित) नगद लाभांश रहेको छ।
साधारण सभा असोज २० गते जावलाखेल, ललितपुरमा बिहान ११ बजे हुनेछ। साथै, सभामा बोनस र नगद लाभांश, प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्ति, वित्तीय विवरण स्वीकृत गर्ने प्रस्तावहरू पारित हुनेछन्।



