२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच ७० प्रतिशतसम्म फाइनान्सिङ सम्झौता

images

  • २०८१ असोज ५, शनिबार
  • 1.2K
    SHARES
  • आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच ७० प्रतिशतसम्म फाइनान्सिङ सम्झौता

    काठमाडौँ : आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच सवारी साधनका लागि ७० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा प्रदान गर्ने रणनीतिक साझेदारी भएको छ।  उक्त सम्झौतासँगै ग्राहकहरूले अब रिलायन्सबाट ७० प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् । 

    यस सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ, रिटेल तथा एसएमई प्रमुख नविन्द्र के.सी., र आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारीबीच हस्ताक्षर भएको हो।

    सम्झौताका प्रमुख बुँदाहरू :

    १)७० प्रतिशत फाइनान्सिङ सुविधा : ग्राहकहरूले सवारी साधनको कुल मूल्यको ७० प्रतिशतसम्म फाइनान्सिङ सुविधा पाउनेछन्।

    २) सहज प्रक्रिया : दुबै कम्पनीको सेवाबाट ग्राहकलाई सरल र प्रभावकारी फाइनान्सिङ प्रक्रिया उपलब्ध हुनेछ।

    ३) पहुँच विस्तार : उक्त समझदारीले सवारी साधनको स्वामित्वलाई सजिलो बनाउँदै अटोमोबाइल क्षेत्रको विकासमा टेवा पुर्‍याउनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ