२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

प्रभू बैंकद्वारा पुनः स्वेच्छिक अवकाश योजना सार्वजनिक

images

  • २०८१ असोज ४, शुक्रबार
  • 1.6K
    SHARES
  • प्रभू बैंकद्वारा पुनः स्वेच्छिक अवकाश योजना सार्वजनिक

    काठमाडौँ : जनशक्तिको समस्याबाट गुज्रि रहेको बेला, प्रभु बैंकद्वारा पुनः स्वेच्छिक अवकाश योजना सार्वजनिक गरेको छ। यस योजना भदौ २७ गतेबाट लागू गरिएको छ र इच्छुक कर्मचारीहरूले असोज ११ गते भित्र आवेदन दिन सक्नेछन्। 

    यस योजनामा ५ वर्षभन्दा बढी सेवा गरेका सहायक प्रबन्धक र सोभन्दा माथिका कर्मचारीहरूलाई २० महिनाको कुल तलब प्रस्ताव गरिएको छ। यस्तै,५ वर्षभन्दा कम सेवा अवधि पुरा गरेका सहायक प्रबन्धक र माथिल्लो तहका कर्मचारीहरूका लागि १५ महिनाको कुल तलबको प्रस्ताव छ। बैंकले अवकाश पत्र स्वीकृत भएपछि १५ दिन भित्र कर्मचारीको बैंक खातामा अवकाश सुविधाको रकम जम्मा गर्ने व्यवस्था गरेको छ।

    यसअघि, २०८० साउन महिनामा ल्याइएको स्वेच्छिक अवकाश योजनामा अधिकृत तह र सोभन्दा माथिका कर्मचारीहरूको लागि विशेष व्यवस्था गरिएको थियो। यस योजनामा ५ वर्ष सेवा अवधि पुरा गरेकालाई २५ महिना र ५ वर्षभन्दा कम सेवा गरेका कर्मचारीहरूका लागि २० महिनाको तलब प्रस्ताव गरिएको थियो। पहिलो चरणमा, व्यवस्थापन तहका १४ जना सहित कुल १ सय ४८ कर्मचारीहरूले स्वेच्छिक अवकाश रोजेका थिए।

    सेन्चुरी कमर्शियल बैंकसँग मर्जर गरेपछि, प्रभू बैंकको कर्मचारी संख्या ३ हजार ४ सय ८१ पुगेको छ। मर्जरपछि बैंकले सेन्चुरी कमर्शियल बैंकका करिब ९ सय ९५ कर्मचारीलाई समायोजन गरेको थियो। साथै, उच्च व्यवस्थापनले कर्मचारी संख्या २ हजार ४ सय हाराहारीमा झार्ने लक्ष्य राखेको छ। जसले बैंकको कार्यक्षमता र दक्षतामा सुधार ल्याउने आशा गरिएको छ।

    त्यसैगरी, ग्राहकहरूको रोजाइमा अग्रणी रहेको प्रभु बैंकलाई हालसालै “बैंक अफ द इयर २०२३” को उपाधि प्राप्त भएको छ। प्रभु बैंकले नेपालभर ३१५ शाखा, २८६ एटीएम र ६९ एक्सटेन्सन काउन्टरमार्फत ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै उच्च गुणस्तरीय बैंकिङ्ग सेवामा अग्रसर रहन सकोस् भन्ने लक्ष्य राखेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ