२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

शेयर र गाडी कर्जामा वृद्धि, घरजग्गा कर्जा किन स्थिर ?

images

  • २०८१ असोज ४, शुक्रबार
  • 1.1K
    SHARES
  • शेयर र गाडी कर्जामा वृद्धि, घरजग्गा कर्जा किन स्थिर ?

    काठमाडौँ : चालू आर्थिक वर्षको पहिलो महिनामा शेयर र गाडी कर्जामा उल्लेख्य वृद्धि भए पनि घरजग्गा कर्जाको वृद्धि अपेक्षाकृत रुपमा सुस्त देखिएको छ। नेपाल राष्ट्र बैंकले साउन मसान्तसम्मको तथ्यांकमा शेयर धितो कर्जा र गाडी कर्जाको वृद्धि सन्तोषजनक रहेको देखाए पनि घरजग्गा कर्जाको वृद्धिमा कमी आएको छ। 

    नेपाल राष्ट्र बैंकका अनुसार साउनमा शेयर धितो कर्जा १ अर्ब ३५ करोडले बढेर ९१ अर्ब ४४ करोड पुगेको छ भने गाडी कर्जा ४४ करोडले बढेर १ खर्ब २४ अर्ब १४ करोड ६० लाख पुगेको छ। रिपोर्ट अनुसार शेयरधितो कर्जा करिब २ प्रतिशत र गाडी कर्जा ४३ प्रतिशतले बढेको हो। तर, घरजग्गा कर्जा भने ८ अर्ब २२ करोडले बढेर ३ खर्ब ९५ अर्ब पुगे पनि यसको वृद्धि केवल २ प्रतिशत मात्र रहेको छ। जुन अपेक्षाकृत रूपमा चिन्ताजनक मानिएको छ।

    घरजग्गा कर्जाको वृद्धि नहुनुमा विभिन्न कारणहरू रहेका छन्। बैंक तथा वित्तीय संस्थाका कार्यकारी अधिकृतहरूका अनुसार नेपाल राष्ट्र बैंकको नीति यसमा प्रमुख कारक हो। घरजग्गा कर्जामा ६० प्रतिशतको सीमित कर्जा तथा कर्जाको सावाँ ब्याज तिर्न गणना हुने आम्दानीको कडाईले कर्जा प्रवाहमा अवरोध भएको उनीहरूको भनाई छ।

    साथै, घरजग्गाको मूल्य घट्न सक्ने आशंका र घरजग्गा जोड्न मानिसहरू आतुर नभएको कारणले पनि कर्जा प्रवाह कम भएको छ। राष्ट्र बैंकको नीतिमा आम्दानी पुष्टि गर्न आवश्यक पर्ने कडाईले अनौपचारिक अर्थतन्त्रमा रहेका लाखौं व्यक्तिहरू कर्जाबाट वञ्चित भएको विश्लेषण गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ