काठमाडौँ : सरकारले आजदेखि अस्थायी रूपमा नवनिर्मित धरहरा सञ्चालनमा ल्याएको छ। गत भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आजदेखि धरहरामा चढ्न पाउने व्यवस्था गरिएको छ तर एक दिनमा अधिकतम ५ सय जनाले चढ्न पाउनेछन्।
सहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार तत्कालका लागि धरहरा चढ्न शुल्क नलाग्नेछ। यो नवनिर्मित धरहराको सञ्चालनले सर्वसाधारणलाई ऐतिहासिक स्थलको पुनः अनुभव गर्ने अवसर प्रदान गर्नेछ।



