२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भायानेटको ‘महा महोत्सव’ अफर : चाडपर्वमा उच्च स्पीड, वाइफाइ कवरेज, र इलेक्ट्रोनिक्समा विशेष छुट

images

  • २०८१ असोज २, बुधबार
  • 1.2K
    SHARES
  • भायानेटको ‘महा महोत्सव’ अफर : चाडपर्वमा उच्च स्पीड, वाइफाइ कवरेज, र इलेक्ट्रोनिक्समा विशेष छुट

    काठमाडौँ : इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले यस वर्षको चाडपर्वलाई विशेष बनाउन 'भायानेट महा महोत्सव' अफर सार्वजनिक गरेको छ। यस अफरमा ग्राहकहरूका लागि उच्च स्पीड इन्टरनेट, व्यापक वाइफाइ कवरेज र इलेक्ट्रोनिक्समा आकर्षक छुट उपलब्ध गराइएको छ।

    अफर अन्तर्गत ८ हजार ९ सय ९० रुपैयाँमा १२५ Mbps को सट्टा २०० Mbps स्पीड प्राप्त गर्न सकिनेछ। भायानेटले आफ्ना वार्षिक ग्राहकहरूलाई १२५ Mbps को सब्स्क्रिप्शनलाई २०० Mbps मा स्वतः अपग्रेड गरिसकेको छ।

    यसबाहेक ग्राहकको घरभरी वाइफाइ कवरेज विस्तार गर्न, जेडटिईको ‘मेस वाइफाई’ मा पनि विशेष अफर ल्याइएको छ। ग्राहकहरूले मेस वाइफाई राउटरको २ वटा सेट एउटाको मूल्यमा पाउनेछन्, जसका लागि अतिरिक्त रु। ३ हजार (भ्याटसहित) तिर्नुपर्नेछ। यो अफर भायानेटका २०० Mbps वा माथिका वार्षिक ग्राहकलाई मात्र उपलब्ध छ।

    अन्त्यमा, ३ महिनाभन्दा बढीको नवीकरण गर्ने वा नयाँ जडान गर्ने ग्राहकहरूले ग्लोबल नम्बर २ टिभी ब्रान्ड, हाइसेन्सका टिभी, फ्रिज, वासिङ मेसिनजस्ता इलेक्ट्रोनिक्सहरूमा २८ प्रतिशतसम्मको विशेष छुट पनि प्राप्त गर्न सक्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ