काठमाडौँ : चालू आर्थिक वर्षको पहिलो त्रैमासको पहिलो महिना साउनमा बैंक बित्तीय संस्थाहरूले कुल १० अर्ब २६ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। जसमा बैंकहरूले ९ अर्ब १७ करोड रुपैयाँ, विकास बैंकहरूले ८५ करोड ४० लाख रुपैयाँ र फाइनान्स कम्पनीहरूले २३ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
साउनमा वाणिज्य बैंकहरुमध्ये ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी नाफा आर्जन गरेको छ । ग्लोबल आइएमई बैंकले ८९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने दोस्रो स्थानमा रहेको नबिल बैंकले ८० करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ।
यस्तै, १७ वटा विकास बैंकहरूमध्ये ११ बैंक नाफामा छन् भने ६ बैंक घाटामा छन्। सबैभन्दा धेरै नाफा आर्जन गर्नेको शिर्ष स्थानमा साइन रेसुङ्गा डेभलपमेण्ट बैंक रहेको छ। २० फाइनान्समध्ये १२ वटा कम्पनीले नाफा कमाएका छन् भने ५ वटा कम्पनीले घाटा बेहोरेका छन्। फाइनान्सहरुमध्ये सबैभन्दा धेरै नाफा आर्जन गर्नेको शिर्ष स्थानमा प्रोग्रेशिभ फाइनान्स रहेको छ।
बैंकहरूको नाफा आर्जनको प्रमुख तथ्यहरू:
ग्लोबल आइएमई बैंक: ८९ करोड २४ लाख रुपैयाँ (सबैभन्दा बढी)
नबिल बैंक: ८० करोड ३३ लाख रुपैयाँ
कृषि विकास बैंक: ७१ करोड २० लाख रुपैयाँ
विकास बैंकहरूको नाफा आर्जनको प्रमुख तथ्यहरू:
शाइन रेसुङ्गा विकास बैंक: २० करोड २० लाख रुपैयाँ मुनाफा (सबैभन्दा बढी)
मुक्तिनाथ विकास बैंक: १६ करोड ९६ लाख रुपैयाँ मुनाफा
गरिमा विकास बैंक: ९ करोड ४० लाख रुपैयाँ मुनाफा
फाइनान्स कम्पनीहरूको मुनाफा आर्जनको प्रमुख तथ्यहरू:
प्रोग्रेशिभ फाइनान्स: ८ करोड ८३ लाख रुपैयाँ मुनाफा (सबैभन्दा बढी)
आइसिएफसी फाइनान्स: २ करोड ८५ लाख रुपैयाँ
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स: २ करोड ५९ लाख रुपैयाँ



