२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

गरिमा विकास बैंकको डिसिईओमा अनिल रेग्मी नियुक्त

images

  • २०८१ भदौ ३१, सोमबार
  • 1.4K
    SHARES
  • गरिमा विकास बैंकको डिसिईओमा अनिल रेग्मी नियुक्त

    काठमाडौँ : गरिमा विकास बैंक लिमिटेडले अनिल रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत अनिल रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    अनिल रेग्मी, यसअघि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए। असोज १ गतेदेखि नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन्। विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रेग्मीले यस पदमा नियुक्त भएपछि नयाँ चुनौतीको सामना गर्न तयार छन्।

    रेग्मीले २०८० चैत्र १५ गतेदेखि बैंकको कम्पनी सचिवको जिम्मेवारी पनि सम्हालिरहेका थिए। बैंकिङ्ग क्षेत्रमा १३ वर्षको अनुभव रहेको रेग्मीले तत्कालिन जनता बैंक लिमिटेड र सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्ष काम गरेका छन्। 

    साथै, बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुअघि उहाँले लेखापरीक्षण र कन्सल्टेन्सी पेशामा समेत काम गरेका थिए। अनिल रेग्मीको नियुक्तिले बैंकको व्यवस्थापनमा थप प्रभावकारीता र स्थिरता ल्याउने अपेक्षा गरिएको छ।

    गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौँको लाजिम्पाटमा रहेको छ र काठमाडौँ उपत्यकामा २२ शाखा र देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। 

    # गरिमा विकास बैंक

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ