२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रवि लामिछानेको दाबी : सहकारी ठगीमा मेरो संलग्नता नरहेको पुष्टि भएको छ

images

  • २०८१ भदौ ३१, सोमबार
  • 771
    SHARES
  • रवि लामिछानेको दाबी : सहकारी ठगीमा मेरो संलग्नता नरहेको पुष्टि भएको छ

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको दावी गर्नु भएको छ । 

    सोमवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग उहाँले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार आफू सहकारी ठगीमा संलग्न नभएको पुष्टि भएको दावी गर्नु भएको हो ।

    उहाँले सहकारीबाट गोर्खा मिडियामा आएको रकम चलाउने क्रममा आफू प्रवन्ध निर्देशक भएको नाताले हस्ताक्षर भने आफ्नै चलेको बताउनु भयो ।

    उहाँले गोर्खा मिडिया सञ्चालनका क्रममा भएका कमी, कमजोरीहरुको भने आफू भागीदार हुने  स्पष्ट  पार्नु भयो । उहाँले आफूहरु सहकारीपीडितको पक्षमा आवाज उठाइरहने पनि बताउनु भयो 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ