काठमाडौँ : अपि पावर कम्पनीले आफ्नो नाफाबाट लाभांशको प्रस्ताव गरेको छ। कम्पनीले सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। यससँगै, कम्पनीले आगामी वार्षिक साधारण सभा कात्तिक १ गते तय गरेको छ।
सभा सञ्चालनको तयारीका लागि असोज १६ गते बुक क्लोज गर्ने व्यवस्था गरिएको छ। यसले गर्दा असोज १५ गतेसम्म कायम रहेका सेयरधनीहरूलाई प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिनको लागि योग्य हुनेछन्।



