काठमाडौँ : सानिमा बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। जसमा विभिन्न खाता प्रकारमा ब्याजदर घटाइएको छ। बैंकला निक्षेप र कर्जा दुबैको ब्याजदर घटाएको छ।
बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.९०% र संस्थागततर्फ ४.३०% ब्याजदर तोकेको छ। जबकि रेमिट्यान्स खातामा ६.९०% ब्याजदर राखिएको छ। यसअघि भदौ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा ६.२०%, संस्थागतमा ४.९०% र रेमिट्यान्स खातामा ७.२०% ब्याजदर थियो। यसरी, सानिमा बैंकले निक्षेप खातामा ब्याजदरमा कमी ल्याएको छ।
साधारण बचत खातामा ब्याजदर भने स्थिर राखिएको छ। असोज महिनामा न्यूनतम ३.०५% देखि अधिकतम ५.०५% ब्याजदर पाइनेछ। जुन भदौ महिनामा पनि यथावत थियो। यसले ग्राहकहरूको बचत योजनामा स्थिरता प्रदान गर्नेछ।
साथै, बैंकले कर्जा ब्याजदरमा पनि सुधार गरेको छ। असोज महिनाका लागि आधारदर ८.०३% बाट घटाएर ७.८३% कायम गरिएको छ।



