२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

असोजका लागि प्रभु बैंकको ब्याजदर स्थिर

images

  • २०८१ भदौ ३१, सोमबार
  • 1.2K
    SHARES
  • असोजका लागि प्रभु बैंकको ब्याजदर स्थिर

    काठमाडौँ : प्रभु बैंक लिमिटेडले असोज महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ। बैंकले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर घोषणा गरेको छ। तर बैंकले भदौ महिनाको ब्याजदर असोज महिनामा पनि कायम  गरेको छ। 

    बैंकले असोज महिनामा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर दिनेछ। भदौ महिनामा पनि यी ब्याजदरहरू यथावत् राखिएको थियो।

    त्यसैगरी, बैंकले साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ।  जुन भदौ महिनामा पनि कायम थियो। यसले ग्राहकहरूको वित्तीय योजनामा स्थिरता प्रदान गरेको छ।

    त्यसैगरी, ग्राहकहरूको रोजाइमा अग्रणी रहेको प्रभु बैंकलाई हालसालै “बैंक अफ द इयर २०२३”को उपाधि प्राप्त भएको छ। प्रभु बैंकले नेपालभर ३१५ शाखा, २८६ एटीएम, र ६९ एक्सटेन्सन काउन्टरमार्फत ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै उच्च गुणस्तरीय बैंकिङ्ग सेवामा अग्रसर रहन सकोस् भन्ने लक्ष्य राखेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ