काठमाडौं : दशवर्षअघि महत्त्वाकांक्षी तरिकाले सञ्चालन गरिएको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गतको ‘स्वास्थ्य बिमा’ कार्यक्रममा पुनः लफडा शुरु भएको छ।
गत मंसिरमा ४ वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्ति भएका डा। गुणराज लोहनीले पदबाट राजीनामा दिएसँगै बोर्डमा पुनः समस्या आएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व अतिरिक्त सचिव समेत रहेका र स्वास्थ्य बिमाको शुभारम्भ भएको समयमा बोर्डको कार्यकारी निर्देशकको रूपमा काम गरिसकेको अनुभवका आधारमा उहाँले बोर्डको अध्यक्ष नियुक्त भएर आएपछि बिमामार्फतको सेवामा केही परिमार्जन समेत गर्नु भएको थियो ।
२०८० मंसिर १४ मा बोर्ड अध्यक्ष नियुक्त डा.लोहनीले बिमा कार्यक्रममा सुविधा थैली परिमार्जन, को(पेमेन्ट लगायत महत्त्वपूर्ण निर्णय कार्यान्वयन गराउनु भएको थियो । जसले गर्दा सुस्त गतिमा रहेको बिमामार्फतको सेवामा केही परिवर्तन आएको थियो।



