२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज तिन कम्पनीको लाभांश सुनिश्चित गर्ने अन्तिम दिन

images

सत्कार खबर
  • २०८१ भदौ ३०, आइतबार
  • 1.2K
    SHARES
  • आज तिन कम्पनीको लाभांश सुनिश्चित गर्ने अन्तिम दिन

    काठमाडौँ : माण्डु हाइड्रोपावर, आरबीबी म्युचुअल फन्ड –१, र आरबीबी म्युचुअल फन्ड –२ का इकाइधनीहरूले लाभांश सुरक्षित गर्ने आज (भदौ ३०) अन्तिम दिन हो। यी तीनवटै कम्पनीले भोलि (भदौ ३१) बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहेका इकाइधनीहरूले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्।

    माण्डु हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई करसहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। लाभांश वितरणका साथै, कम्पनीले असोज १४ गते वार्षिक साधारण सभा बोलाएको छ । जुन काठमाडौंको नेपा ब्यांकेट, नयाँ बजारमा बिहान १० बजे सुरु हुनेछ।

    यस्तै, आरबीबी म्युचुअल फन्ड –१ ले ३.८१ प्रतिशत नगद लाभांश र आरबीबी म्युचुअल फन्ड –२ ले ८.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन्। यी लाभांश करसहित हुनेछ र इकाइधनीहरूले समयमै आफ्नो इकाइ सुरक्षित गर्नुपर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ