२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
सुनचाँदी

सुनको मूल्यमा ऐतिहासिक वृद्धि : एक सातामै ४ हजार २ सय रुपैयाँले बढ्यो

images

  • २०८१ भदौ २९, शनिबार
  • 1.3K
    SHARES
  • सुनको मूल्यमा ऐतिहासिक वृद्धि : एक सातामै ४ हजार २ सय रुपैयाँले बढ्यो

    काठमाडौँ : यो साता सुनको मूल्य लगातार नयाँ रेकर्ड बनाउँदै अघि बढेको छ। साताको चौथो दिन बुधवार रेकर्ड कायम गरेको मूल्य पाँचौँ दिन बिहीबार सामान्य घटेपछि, शुक्रवार पुनः ऐतिहासिक उचाइमा पुगेको हो। सुनको मूल्य आइतबारको तुलनामा शुक्रवारसम्म ४ हजार २ सय रुपैयाँले वृद्धि भएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा द्वन्द्व, कच्चा तेलको मूल्यवृद्धि, डलरको स्थिर विनिमय दर र सुनको मूल्यमा देखिएको निरन्तर वृद्धि ट्रेन्डले नेपाली बजारमा पनि सुनको मूल्यमा वृद्धि भएको हो।

    साताको सुरुवातमा आइतबार प्रतितोला १ लाख ५२ हजार १ सय रुपैयाँ रहेको सुनको मूल्य सोमबार १ लाख ५२ हजार २ सय, मङ्गलवार १ लाख ५२ हजार ४ सय, बुधवार १ लाख ५३ हजार ४ सय र बिहीबार १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रवार भने सुनले अहिलेसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ, कायम गरेको छ।

    चाँदीको मूल्य पनि सामान्य बढेर आइतबार प्रति १० ग्राम १ हजार ५ सय रुपैयाँ ५० पैसा रहेको थियो भने  शुक्रवार १ हजार ५ सय ९४ रुपैयाँ ५० पैसामा पुगेको छ।

    यस्तो छ साताभरिको सुनचाँदीको मूल्य सूची :

    goldsilver.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ