२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्रमा सुधार : गभर्नर अधिकारी

images

  • २०८१ भदौ २८, शुक्रबार
  • 786
    SHARES
  • भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्रमा सुधार : गभर्नर अधिकारी

    काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारीले नेपालका लागि चुनौतीपूर्ण भएको भूकम्प र कोभिड-१९ महामारीपछिको अर्थतन्त्रको पुनरुत्थानलाई हालको अवस्थासम्म सुधार गरिएको बताएका छन्। ललितपुरमा आयोजना गरिएको "अर्थशास्त्र, वित्त र सम्बन्धित विषयमा आधारित अन्तर्राष्ट्रिय सम्मेलन" मा उनले पछिल्लो दुई वर्षमा अर्थतन्त्रले निर्माण, उद्योग र व्यापार क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताएका हुन्। यो सम्मेलन नेपाल खुला विश्वविद्यालय र कार्डिफ विश्वविद्यालयको संयुक्त प्रयासले आयोजना गरिएको थियो। जसमा देशको आर्थिक सुधारलाई थप गति दिने उद्देश्यले छलफलहरू भए।

    गभर्नर अधिकारीले राष्ट्र बैंकले २०१६/१७ मा ब्याज दर करिडोरको सुरुवात गर्दै, २०२०-२१ मा रिजर्भ लक्ष्यबाट ब्याज दर लक्ष्यतिर सर्ने नीतिगत सुधारलाई अघि बढाएको उल्लेख गरे। उहाँले हालैका नीतिगत सुधारहरू जस्तै २०२३-२४ मा स्थायी निक्षेप सुविधा, ऋणको गुणस्तर सुधार, डिजिटल बैंकिङ र फिनटेकलाई जोड दिँदै आधुनिक भुक्तानी प्रणालीलाई विश्व बजारसँग एकीकृत गर्ने लक्ष्य राखेको बताए। यस प्रक्रियाले वित्तीय सुदृढीकरणमा थप योगदान दिने विश्वास पनि व्यक्त गरे।

    देशको दिगो आर्थिक वृद्धिलाई मध्यनजर गर्दै राष्ट्र बैंकले मौद्रिक नीतिमा सुधार ल्याउँदै आएको छ। गभर्नर अधिकारीले आर्थिक गतिविधिमा अन्तर्राष्ट्रिय झटका कम गर्न नीतिगत मेलमिलाप आवश्यक रहेकोमा जोड दिए। उनले वित्तीय स्थिरता र मौद्रिक नीति बीचको समन्वयमा आधारित नीतिहरूलाई अझ प्रभावकारी बनाउन बैंकिङ क्षेत्रले उत्पादनशील क्षेत्रमा ऋण प्रवाहलाई प्राथमिकता दिने बताए। यसले आर्थिक वृद्धिमा सकारात्मक असर पर्ने विश्वास उनले व्यक्त गरे।

    यस सम्मेलनमा गभर्नर अधिकारीले शैक्षिक समुदाय र केन्द्रीय बैंकिङ क्षेत्रबीचको संवादलाई प्रोत्साहन गर्ने कुरामा जोड दिए। यसले प्रमाणमा आधारित नीति निर्माणलाई अझ बढी बलियो बनाउने र आर्थिक विज्ञानको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। उनले वित्तीय समावेशीकरण र दिगो आर्थिक वृद्धिलाई सुदृढ पार्न बैंकिङ क्षेत्रले नेतृत्व दिनु पर्ने र सम्पत्तिको बुलबुलेको जोखिमलाई नियन्त्रण गर्नुपर्ने बताउँदै, त्यस दिशामा भएका प्रयासहरूको चर्चा गरे।

    कार्यक्रममा नेपाल खुला विश्वविद्यालयका उपकुलपति शिलु मानन्धर बज्राचार्यले सम्मेलनले अर्थशास्त्र र वित्त सम्बन्धित गुणस्तरीय अनुसन्धानलाई प्रोत्साहन गर्ने बताए। यो अनुसन्धानबाट शैक्षिक संस्थाहरूमा गुणस्तरीय शिक्षण सिकाइको सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै, यसले नेपालको विश्वविद्यालयहरूले प्रदान गर्दै आएको उच्च शिक्षालाई थप प्रभावकारी बनाउने धारणा राखे।

    कार्डिफ विश्वविद्यालयका प्राध्यापक कुल लुइँटेलले यस सम्मेलनले नेपाली शिक्षाविद्हरूको क्षमता निर्माण र सञ्जाल विस्तारमा ठूलो योगदान दिने अपेक्षा व्यक्त गरे। दुई दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा नेपालसहित चीन, बेलायत, नर्वे, र स्पेनका ६० जना अर्थशास्त्रीहरूको सहभागिता रहेको छ। यस सम्मेलनमा प्रस्तुत गरिएका १० वटा कार्यपत्रहरूमा अर्थशास्त्र, वित्त र सम्बन्धित क्षेत्रका नवीनतम अनुसन्धान र निष्कर्षहरूमा छलफल गरिनेछ।  जसले नेपालको विकास प्राथमिकता र दिगो विकास लक्ष्यहरूलाई सम्बोधन गर्न सहयोग पुर्याउनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ