२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मुक्तिनाथ बैंकका ग्राहकहरूलाई बुद्ध एयरको टिकट खरिदमा विशेष छुट

images

  • २०८१ भदौ २७, बिहीबार
  • 1.1K
    SHARES
  • मुक्तिनाथ बैंकका ग्राहकहरूलाई बुद्ध एयरको टिकट खरिदमा विशेष छुट

    काठमाडौँ : मुक्तिनाथ विकास बैंक र बुद्ध एयरबिच बैंकका कर्मचारी र ग्राहकहरूलाई हवाई टिकट खरिदमा विशेष छुट प्रदान गर्ने व्यावसायिक सम्झौता भएको छ। उक्त सम्झौतामा बैंकको तर्फबाट मार्केटिङ विभाग प्रमुख विनय रत्न शाक्य र बुद्ध एयरको तर्फबाट मार्केटिङ सेल्स निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन्।

    सम्झौताअनुसार, मुक्तिनाथ विकास बैंकको मोबाइल बैङ्किङ वा भिजा कार्ड प्रयोग गर्ने सबै ग्राहकहरूले बुद्ध एयरको टिकट काउन्टरबाट हवाई टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउनेछन्। रुपेश जोशीले केही दिनभित्र बुद्ध एयरको मोबाइल एपबाट पनि यो सुविधा उपलब्ध गराइने बताउनुभयो।

    साथै, मुक्तिनाथ विकास बैंकले "नेपालमै टिक्न, सजिलो छ" भन्ने नाराका साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न सरल कर्जा योजनाहरू ल्याएको छ। बैंकले डिजिटल कारोबार प्रोत्साहन गर्न विभिन्न सेवा, जस्तै प्रिपेड डलर कार्ड, मोबाइल बैङ्किङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैङ्किङ, खाता मै रेमिट्यान्स जम्मा र मिस्डकल बैङ्किङ जस्ता सेवाहरूलाई घरमै बसेर उपयोग गर्न मिल्ने सुविधा उपलब्ध गराएको छ।

    हाल बैंकले देशभरि १९५ वटा शाखा कार्यालय, ४२ वटा शाखारहित बैङ्किङ सेवा, १३ वटा एक्सटेन्सन काउन्टरहर र १०३ वटा एटीएम मेसिनहरू मार्फत पनि सेवा प्रदान गरिरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ