कात्तिक १७, काठमाडौँ : आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेल आज घरेलु टोली नेपालले युएईसँग खेल्दैछ। आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको यूएईसँगको खेलमा नेपालले १ सय ३५ रनको लक्ष्य पाएको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनायो। नेपालका लागि कुशल मल्लले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिएका थिए। यस्तै, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिएका थिए।
यूएईका लागि भिर्तिया अरिविन्दले ६४ रनको अर्धशतकीय पारी खेलेका थिए। यस्तै, मुहम्मद वासिमले २६, अशिन शरार्फुले १६ र आशिफ खानले १३ रन बनाएका थिए।



