२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बैंकिङ प्रणालीबाट आज ४० अर्ब तरलता तान्दै केन्द्रीय बैंक

images

सत्कार खबर
  • २०८१ भदौ २६, बुधबार
  • 1.1K
    SHARES
  • बैंकिङ प्रणालीबाट आज ४० अर्ब तरलता तान्दै केन्द्रीय बैंक

    काठमाडौं :नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रियसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब प्रशोचन गर्न लागेको हो । 

    २१ दिनका लागि प्रशोचन गर्न लागिएको तरलताका लागि आज नै सार्वजनिक बोलकबोल हुने र आज नै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलन बोलकबोलमा भाग लिन दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

    पछिल्लो समय कर्जा मागमा संकुचन आउँदा बैंक तथा वित्त संस्थामा ७ खर्ब हाराहारी लगानी योग्य पुँजी (तरलता) थुप्रिन पुगेको छ । केन्द्रीय बैंकको पछिल्लो रिपोर्ट अनुसार भदौ २४ गतेसम्म ६४ खर्ब ८४ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले ५२ खर्ब ५ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन् । 

    निक्षेपको ठूलो रकम लगानी हुन नसकेपछि केन्द्रीय बैंकले निरन्तर निक्षेप संकल उपकरणको माध्ययमबाट तरलता प्रशोचन गरिरहेको छ । यसैको निरन्तरता पछिल्लो पटक केन्द्रीय बैंकले ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ