काठमाडौं: एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको चुक्ता पुँजीको ६२.५६ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको कम्पनीले जनाएको छ ।
कम्पनीको अनुसार हाल १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ । कम्पनीले १०० रुपैयाँमा हकप्रद शेयर जारी गर्ने जनाएको छ ।
हकप्रद जारी गर्ने कम्पनीले बीमा प्राधिकरणबाट स्वीकृति पाइसकेको छ । नेपाल धितोपत्र बोर्डबाट समेत पाएपछि भने कम्पनीले हकप्रद जारी गर्ने छ ।



