२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एलजीका सामान किन्दा ४० प्रतिशतसम्म क्यासब्याक र पक्का उपहार

images

सत्कार खबर
  • २०८१ भदौ २३, आइतबार
  • 866
    SHARES
  • एलजीका सामान किन्दा  ४० प्रतिशतसम्म क्यासब्याक र पक्का उपहार

    काठमाडौं :एलजीले दसैँतिहारलाई लक्षित गर्दै ‘एलजीसँग खुसीको पल’ नामक योजना ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकले एलजीका घरायसी सामान खरिद गर्दा नगद छुट र पक्का उपहार पाउन सक्नेछन् ।

    एलजी ओलेड भीभी, एलजी क्युनेड टीभी, एलजी यूएचडी टीभी, साउन्ड बार, होम अडियो, एलजी सिंगल डोर रेफ्रिजेरेटर, एलजी एयर प्युरिफायर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकले ४० प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

    यस्तै, एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओएफआर हिटर, २८५ लिटरभन्दा माथिको एलजी डबल डोर रेफ्रिजेरेटर खरिदमा मिक्सर वा फ्यान हिटर, २८५ लिटरसम्मको एलजी डबल डोर रेफ्रिजेरेटर खरिदमा भ्याकुम फ्लास्क वा प्रेसरकुकर, एलजी फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा ६ केजी डिटरजेन्ट पाउडर वा भ्याकुम फ्लास्क प्रप्त गर्न सक्नेछन् ।

    एलजी टप लोड तथा टुइन टब वासिङ मेसिनको खरिदमा चार केजी डिटरजेन्ट पाउडर, एलजी डिस वासरको खरिदमा दुई प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने किट प्राप्त गर्न सक्नेछन् ।

    एयर सलुसनतर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डिङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकले फ्री इन्स्टलेसन सेवा पाउने कम्पनीले जनाएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ