२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

माण्डु हाइड्रोपावरद्वारा लाभांश घोषणा

images

  • २०८१ भदौ २१, शुक्रबार
  • 846
    SHARES
  • माण्डु हाइड्रोपावरद्वारा लाभांश घोषणा

    काठमाडौँ : माण्डु हाइड्रोपावरले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको भदौ २० गते बसेको बैठकमा हाल कायम चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख २७ हजार रुपैयाँको १२ प्रतिशत अर्थात् १६ करोड ३६ लाख ३६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरिएको हो।

    यस प्रस्तावलाई आगामी असोज १४ गते हुने कम्पनीको १३औँ वार्षिक साधारण सभामा पारित गरेपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ। साधारण सभा नयाँबजार, काठमाडौंमा बिहान १० बजे बस्नेछ।

    कम्पनीले भदौ ३१ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, भदौ ३० गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भएका सेयरधनीहरूले साधारण सभामा सहभागी भएर लाभांश प्राप्त गर्न सक्नेछन्।

    सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात पारित गर्ने र आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ