२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाली वैज्ञानिक मैनालीलाई २३ करोड अनुदान

images

सत्कार खबर
  • २०८१ भदौ २१, शुक्रबार
  • 821
    SHARES
  • नेपाली वैज्ञानिक मैनालीलाई २३ करोड अनुदान

    काठमाडौं :नेपाली वैज्ञानिक डा. लक्ष्मण मैनालीलाई अमेरिकाको प्रतिष्ठित संस्था ‘नेसनल  इन्स्टिच्युट अफ हेल्थ’ (एनआईएच) ले साढे १७ लाख डलर (करिब साढे २३ करोड रुपैया) को ‘ग्रान्ट’ प्रदान गरेको छ।

    भौतिकशास्त्र विषयका ४५ वर्षीय वैज्ञानिक डा. मैनालीले आँखाको लेन्समा पाइने अल्फा–क्रिस्टालिन प्रोटिनको मोतियाबिन्दु निर्माणमा रहेको भूमिकाबारे सूक्ष्म अध्ययनका लागि उक्त अनुदान  प्राप्त गर्नु भएको हो । 

    उनेहाँले २०१९ देखि नै मोतियाबिन्दु लाग्दा आँखाको लेन्समा अल्फा– क्रिस्टालिन प्रोटिनको भूमिकाबारे अध्ययन सुरु गगर्नुभ एको थियो ।  उहाँलाई २०१९ मा नै पाँच वर्षको अध्ययनका लागि एनआईएचले १५ लाख डलरको ग्रान्ट दिएको थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ