२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

साफ महिला फुटबलको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल भुटानसँग खेल्ने

images

सत्कार खबर
  • २०८१ भदौ २०, बिहीबार
  • 726
    SHARES
  • साफ महिला फुटबलको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल भुटानसँग खेल्ने

     काठमाडौं :दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनशिप फुटबलमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ ।

     काठमाडौं दशरथ रङ्गशालामा आउँदो कात्तिक १ गतेदेखि कात्तिक १४ गतेसम्म आयोजना हुने साफ महिला च्याम्पियनशिपको सार्वजनिक भएको खेल तालिकाअनुसार घरेलु टोली नेपालले पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

    साफले निकालेको तालिकाअनुसार समूह ‘बी’ मा रहेको नेपालले  कात्तिक २ गते भुटानसँग खेल्नेछ । कात्तिक ५ गते माल्दिभ्स र कात्तिक ८ गते श्रीलङ्कासँग खेल्नेछ ।

    ‘बी’ मा नेपाल, भुटान‚ माल्दिभ्स र श्रीलङ्का रहेका छन् । तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा भने भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।समूह ‘ए’ मा साबिक विजेता बङ्गलादेशसँगै भारत र पाकिस्तान रहेका छन् ।

    दुवै समूहका शीर्षमा रहने २ टोली सेमिफाइनल पुग्नेछन् । नेपालले महिला साफ आयोजना गर्न लागेको यो लगातार तेस्रो पटक हो । महिला साफ च्याम्पियनशिपका पछिल्ला दुई संस्करण सन् २०१९ र सन् २०२२ मा पनि नेपालमै भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ