२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हिमाल आरोहणका लागि १३२ ले अनुमति लिँदा डेढ करोड उठ्यो रोयल्टी

images

  • २०८१ भदौ २०, बिहीबार
  • 911
    SHARES
  • हिमाल आरोहणका लागि १३२ ले अनुमति लिँदा डेढ करोड उठ्यो रोयल्टी

    काठमाडौँ : यस वर्षको शरद ऋतु (अटम सिजन) मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीहरूले धमाधम अनुमति लिन थालेका छन्। पर्यटन विभागका अनुसार हालसम्म १२ आरोही समूहका ३४ महिला र ३८ पुरुष गरी १३२ जनाले आरोहण अनुमति लिइसकेका छन्।

    मनास्लु हिमाल सबैभन्दा धेरै आरोहीको रोजाइमा परेको छ, जहाँ ३२ महिला र ८८ पुरुष गरी १२० जनाले आरोहण अनुमति लिएका छन्। कुल मिलाएर ३१ देशका आरोहीहरूले यस सिजनमा तीन प्रमुख हिमाल आरोहणका लागि अनुमति लिएका छन्। मनास्लु हिमाल, जसलाई 'किलर माउन्टेन' पनि भनिन्छ, पछिल्लो समय सर्वाधिक चर्चित भएको छ।

    शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले हरेक वर्ष यस समयमा धेरै आरोही आउने गरेका छन्। मनास्लु विश्वको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो, जसको पहिलो सफल आरोहण सन् १९५६ मा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले गरेका थिए।

    यस सिजनमा पुथा हिउँचुली हिमालका लागि ७ र अन्नपूर्ण चौथोका लागि ५ जनाले अनुमति लिएको जनाइएको छ। हिमाल आरोहणबाट यसपटक १ करोड ३० लाख ९६ हजार २६४ रुपैयाँ रोयल्टी सरकारी खातामा जम्मा भएको पर्यटन विभागले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ