२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बुद्धभूमि हाइड्रोको ३२ लाख कित्ताको ‘लक इन’ असोज २१ मा सकिँदै

images

सत्कार खबर
  • २०८१ भदौ २०, बिहीबार
  • 1.1K
    SHARES
  • बुद्धभूमि हाइड्रोको ३२ लाख कित्ताको ‘लक इन’ असोज २१ मा सकिँदै

    काठमाडौं : बुद्धभूमि नेपाल हाइड्रोको साधारण शेयरको (लक इन) अवधि आगामी असोज महिनामा सकिँदैछ । कम्पनीका संस्थापकतर्फको २८ लाख, स्थानीय बासिन्दाको ४ लाख र कर्मचारीको १६ हजार गरी कुल ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक इन’ असोज २६ गतेपछि सकिन लागेको हो ।

    लक इन अवधि सकिएपछि शेयर दोस्रो बजारमा कारोबार गर्न योग्य हुनेछ । कम्पनीले संस्थापक, आयोजना प्रभावित बासिन्दा तथा कर्मचारीलाई आईपीओ निष्कासन गरी २०७८ असोज २२ गते बाँडफाँट गरेको थियो ।

    नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम सर्वसाधारणलाई शेयर जारी गरेको मितिदेखि ३ वर्षसम्म संस्थापक शेयरधनीले धारण गरेको शेयर, कर्मचारीहरूलाई बाँडफाँट गरिएको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ