काठमाडौँ : राष्ट्रिय बीमा कम्पनी लिमिटेड र मेट्रो ट्राफिक एफएम ९५.५ बीच पीएसए (सार्वजनिक सेवा सूचना) तथा सूचना प्रसारणसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार, भदौ १५ गतेदेखि मेट्रो ट्राफिक एफएमले कम्पनीका प्रोडक्ट, बीमासम्बन्धी जानकारीहरू र बीमा सचेतनाका विषयहरू प्रसारण गर्नेछ।
यस सम्झौता पत्रमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. शिवहरी श्रेष्ठ र मेट्रो ट्राफिक एफएम ९५.५ को तर्फबाट प्रहरी नायब उपरीक्षक ई. विशाल ज्ञवालीले हस्ताक्षर गरेका छन्।
कम्पनीले भविष्यमा मुलुकभरिका सञ्चारमाध्यमहरूबाट बीमासम्बन्धी सूचना, प्रोडक्ट, गतिविधि, र बीमा सचेतनाका सन्देशहरू क्रमशः प्रसारण गर्दै जाने लक्ष्य राखेको जानकारी पनि प्रमुख कार्यकारी अधिकृत डा. शिवहरी श्रेष्ठले दिएका छन्।



