२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

 बैंकबाट कम ब्याजमा पैसा लिइ सहकारीबाट बढी ब्याज खानेले आन्दोलन गरे : मन्त्री अधिकारी

images

  • २०८१ भदौ १९, बुधबार
  • 801
    SHARES
  •  बैंकबाट कम ब्याजमा पैसा लिइ सहकारीबाट बढी ब्याज खानेले आन्दोलन गरे : मन्त्री अधिकारी

    काठमाडौं : भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बैंकबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरुले आन्दोलन गरेको आरोप लगाउनुभएको छ ।

    बुधवार काठमाडौंमा सहकारी पत्रकार समाजको १४ औं स्थापना दिवस कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले बढी ब्याज खान खोज्नेहरुले नै सहरकारी पीडितहरुको अगुवाई गरेर आन्दोलन गरिरहेको उल्लेख गर्नुभयो ।

    उहाँले सहकारी सबै खराब हुन् भनेर जनतालाई बुझाइएको भन्दै यसलाई चिर्न आवश्यक रहेको बताउनु भयो । उहाँले  कसैले स्वार्थ पूरा गर्न लागेका सहकारी देखाएर सबै सहकारी नराम्रो हो भन्ने भाष्य बनाउन खोजिएको दाबी गर्नुभयो । मन्त्री अधिकारीले सरकारले सहकारीका समस्या समाधानको लागि सहकारी अगुवा र पीडित जनताका सुझाव लिएर काम अघि बढाइरहेको बताउनु भयो ।

    उहाँले सरकारले आन्दोलन सहकारी पीडितसँग भएको ८ बुँदे सहमतिमा सरकारले ७ वटा काम थालनी गरेको बताउनु भयो । उहाँले सहकारीको समस्या समाधान गर्न पीडित वचतकर्ता र सहकारीको अगुवासँग छलफल सरकारले गरिरहेको बताउनु भयो ।

    उहाँले सहमति भएकामध्ये आयोग गठन गर्ने काम सरकारले गरेको भन्दै सरकारले आयोग गठन गर्दा अर्को गठन गर्न कानूनी रुपमा समस्या भएको बताउनु भयो । उहाँले सरकारले गठन गरेको सहकारी समस्या समाधान गर्ने समितिमा आन्दोलनरतले छुट्टै प्रतिनिधि खोजेको भन्दै ३१ हजार सहकारीका प्रतिनिधि राख्न नसकिने बताउनु भयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ