काठमाडौँ : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्नो एक संस्थापक सेयरधनीको नाममा रहेको ८३ हजार ७६ कित्ता सेयर बिक्रीका लागि ल्याएको छ। यस सेयर खरिद गर्न बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरूले भदौ १९ गतेबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
सेयर खरिद गर्न इच्छुकहरूले काठमाडौंको लाजिम्पाटमा रहेको बैंकको सेयर शाखामा जानु पर्नेछ। आवेदन गर्दा इच्छाएको सेयर संख्याको विवरण खुलाएर आवेदन दिनुपर्नेछ। सेयरको भाउ भने बिक्रेताले तोकेको मूल्य अनुसार हुने बैंकले जनाएको छ। यदि तोकिएको समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरेमा, उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने छ।



