काठमाडौँ : साताको चौथो कारोबार दिन बुधबार नेप्से उच्च अंक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ९०.३२ अंक घटेर २७३९.४६ विन्दुमा पुगेको छ जसमा सेन्सेटिभ इण्डेक्स १६.३१ अंक, फ्लोट इण्डेक्स ६.३१ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ५..३१ अंक घटेको छ।
आज ३ सय २० कम्पनीको कूल २ करोड ६५ लाख ८४ हजार १ सय ९२ कित्ता शेयर १ लाख ३७ हजार १ सय ६३ पटक कारोबार हुदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार ८ सय २ मा खरिद बिक्री भएको छ। आज ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय १३ कम्पनीको घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। आज करिब ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । आज बैंकिङ ३.१ प्रतिशत , विकास बैंक २.२ प्रतिशत, फाइनान्स प्रतिशत, होटल तथा पर्यटन प्रतिशत, हाइड्रोपावर प्रतिशत, लगानी प्रतिशत , जीवन बीमा प्रतिशत, उत्पादन प्रतिशत, माइक्रोफाइनान्स प्रतिशत, निर्जीवन बीमा प्रतिशत, अन्य ३.७ प्रतिशत तथा व्यापार समूह २.६ प्रतिशत घटेको छ।
आज करिब ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् जसमा एक्सल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोपावर रहेका छन्। कारोबार रकमका आधारमा नेपाल फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स क्रमशः रहेका छन्।
यस्तै, गुडविल फाइनान्सको मूल्य ८.४ प्रतिशत, हिमालयन पावर पार्टनरको ७.६ प्रतिशत, सुपरमाइ हाइड्रोपावरको ७.४ प्रतिशत, तारागाउँ रिजेन्सीको ६.९ प्रतिशत, सेन्ट्रल फाइनान्सको ६.५ प्रतिशत, स्वाबलम्बन लघुवित्तको ६.२ प्रतिशत तथा बेस्ट फाइनान्सको मूल्य ६ प्रतिशतले घटेको छ।




