२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सिन्धु विकास बैंकले माग्यो सीईओ, कति चाहिन्छ योग्यता ?

images

  • २०८१ भदौ १९, बुधबार
  • 1.1K
    SHARES
  • सिन्धु विकास बैंकले माग्यो सीईओ, कति चाहिन्छ योग्यता ?

    काठमाडौँ : सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। बैंकले रिक्त पद पूर्तिका लागि योग्य उम्मेदवारहरूको आवेदन माग गरेको हो।

    सीईओ बन्नका लागि उम्मेदवारले व्यवस्थापन, बैंकिङ, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखा, तथ्यांक, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर गर्नुभएको हुनुपर्नेछ। साथै, 'क' वर्गको बैंक वा वित्तीय संस्थामा सहायक महाप्रबन्धक वा सोभन्दा माथिल्लो पदमा कम्तीमा ३ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ।

    इच्छुक र योग्य उम्मेदवारहरूले आजका मितिदेखि १५ दिनभित्र बैंकको इमेल hr@sindhubank.com.np मा आवेदन पेस गर्नुपर्नेछ।

    undefined

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ