२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले मोबाइल बैंकिङ एप्समार्फत ५ लाख रुपैयाँसम्म कर्जा दिने

images

  • २०८१ भदौ १८, मंगलबार
  • 1.3K
    SHARES
  • नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले मोबाइल बैंकिङ एप्समार्फत ५ लाख रुपैयाँसम्म कर्जा दिने

    नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले कर्जा लिन चाहने योग्य ग्राहकहरूलाई आफ्नो मोबाइल बैंकिङ एपको होमपेजबाट कर्जाका लागि आवेदन दिने व्यवस्था गरेको छ। यस सुविधामार्फत, ग्राहकहरूले एप मार्फत सरल र छिटो कर्जा आवेदन प्रक्रिया पूरा गर्न सक्नेछन्, जसले बैंकमा व्यक्तिगत रूपमा उपस्थित हुनुपर्ने झन्झटबाट मुक्त गराउँछ।

    काठमाडौँ : नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले आफ्ना सेवाग्राहीलाई मोबाइल बैंकिङ एप्समार्फत ५ लाख रुपैयाँसम्म कर्जा दिने सुविधा सुरु गरेको छ। बैंकले "एनआईएमबी स्मार्ट कर्जा" नामक यो सुविधा मार्फत योग्य ग्राहकहरूले बिना धितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै कर्जा प्राप्त गर्न सक्नेछन्।

    कर्जाको भुक्तानीको लागि विभिन्न विकल्पहरू उपलब्ध गराइएको छ, जसमा १ महिनादेखि ३६ महिनासम्मको किस्ताबन्दीमा कर्जा चुक्ता गर्ने सुविधा छ। साथै, ग्राहकहरूले आफ्नो कर्जा रकम अग्रिम रूपमा तिर्ने व्यवस्था पनि छ।

    एनआईएमबी स्मार्ट लोनमा दर्ता गर्न ग्राहकहरूले इमेल भेरिफिकेसन गर्नुपर्नेछ। कर्जा प्राप्त गर्नका लागि तलब खाता, नियमित कारोबार, र अन्य चुक्ता हुन बाँकी कर्जा नभएको जस्ता शर्तहरू पूरा गर्नु पर्नेछ। योग्य ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपको होमपेजबाट सजिलै कर्जाका लागि आवेदन दिन सक्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ