२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सिटिजन्स क्यापिटलको १८ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

images

  • २०८१ भदौ १८, मंगलबार
  • 976
    SHARES
  • सिटिजन्स क्यापिटलको १८ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

    काठमाडौँ : सिटिजन्स क्यापिटल लिमिटेडले अठारौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको अठारौँ साधारण सभाले आ.व.२०८०/८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारितसँगै सभा सम्पन्न भएको हो । 

    सिटिजन्स क्यापिटल लिमिटेडको अठारौँ वार्षिक साधारण सभामा आ.व. २०८०/८१ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गरिएका छन्। साथै, आ.व. २०८१/८२ का लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, सञ्चालकहरूको नियुक्ति अनुमोदन, तथा बैठक भत्ता परिमार्जन गर्ने प्रस्तावहरू पनि पारित भएका छन्।

    नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी हो, जसमा कर्मचारी संचय कोष र प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह-लगानी रहेको छ। काठमाडौंको डिल्लीबजार स्थित बाटुलेघरमा यसको रजिष्ट्रर कार्यालय रहेको छ। अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठको नेतृत्वमा कम्पनीले सामुहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्काशन, लगानी व्यवस्थापन, अण्डर राइटर, शेयर रजिष्ट्रार तथा डि–म्याट खाता सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ।

    साथै, कम्पनीले काठमाडौं बाहिरका लगानीकर्ताहरूलाई पूँजीबजारमा प्रत्यक्ष सहभागिता सहज बनाउन सिटिजन्स बैंकका देशभरका शाखा कार्यालयहरूबाट लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा उपलब्ध गराउँदै आएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ