काठमाडौँ : साताको दोस्रो कारोबार दिन सोमबार नेप्से उच्च अंक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक १२७.३२ अंक बढेर २८२३.२५ विन्दुमा पुगेको छ जसमा सेन्सेटिभ इण्डेक्स २२.९४ अंक, फ्लोट इण्डेक्स ९.०२ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ८.१८ अंक बढेको छ।
त्यस्तै, नेप्से बढेसँगै आज कारोबार पनि बढेको छ। आज ३ सय ३५ कम्पनीको कूल ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर १ लाख ६० हजार ५ सय ७९ पटक कारोबार हुदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८ सय २ मा खरिद बिक्री भएको छ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ७.९४ प्रतिशत, जलविद्युत तथा लगानी उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।
आज करिब १ दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ जसमा नेशनल हाइड्रोपावर, बेष्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाई हाइड्रोपावर, दोल्टी पावर रहेका छन्। आज लक्ष्मी उन्नती कोषको इकाईमूल्य सर्वाधिक ४.७१ प्रतिशत घटेको छ।
आज गुडविल फाइनान्सको शीर्ष स्थानमा ४६ करोड ५२ लाख ५१ हजार ९ सय रुपैयाँको बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, अपि पावरको करिब ४२ करोड तथा हिमालयन रि इन्स्योरेन्सको ३३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। साथै आज अपि पावरको सबैभन्दा बढी १२ लाख २५ हजार ९ सय ४९ कित्ता सेयर कारोबार भएको छ ।



