काठमाडौँ : कुमारी बैंकले क्युआर कोडमार्फत कारोबार गर्ने व्यवसायहरूलाई लक्षित गरी नयाँ कर्जा योजना ल्याएको छ। यस योजना अन्तर्गत, कुमारी बैंकले क्युआर कारोबारकै आधारमा दुई लाख रुपैयाँसम्मको कर्जा प्रदान गर्ने भएको छ। यस योजनाले साना तथा मझौला व्यवसायलाई अझै प्रोत्साहन गर्ने लक्ष्य राखेको छ, जसबाट डिजिटल कारोबारलाई पनि बढावा मिल्ने अपेक्षा गरिएको छ।
कुमारी बैंकले साना उद्यमीहरूलाई लक्षित गर्दै 'क्युआर मर्चेन्ट फोनलोन सुविधा' नामक एक नयाँ वित्तीय योजना संचालनमा ल्याएको छ। यस योजनाले साना उद्यमीहरूलाई क्युआर कोडमार्फत कारोबारको आधारमा कर्जा प्रदान गर्नेछ।
उद्यमीहरूले कुमारी बैंकको कुनै पनि शाखामा व्यवसायको खाता खोली, क्युआर कोडमार्फत लगातार चार हप्ता, प्रत्येक हप्तामा कम्तिमा दुई व्यावसायिक कारोबार गरी, मासिक १० हजार रुपैयाँ बराबरको कारोबारको शर्त पूरा गरेपछि, दुई लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन्। यो कर्जा बिना कुनै कागजात वा धितोको आवश्यकता बिना नै कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत उपलब्ध हुनेछ।
यस कर्जाको भुक्तानी पनि सोही एप मार्फत गर्न सकिने भएकाले, उद्यमीहरूले बैंकमा उपस्थित नभइकनै कर्जा लिन र तिर्न सक्नेछन्। यस सुविधाले साना उद्यमीहरूलाई औपचारिक वित्तीय प्रणालीमा सहभागी गराउन र उनीहरूको उद्यमशीलता प्रवर्धनमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
कुमारी बैंकको यो नयाँ योजना खासगरी साना व्यापारीहरूलाई सहुलियत प्रदान गर्न र बैंकिङ पहुँचलाई व्यापक बनाउन केन्द्रित छ। यो कर्जा योजना लघु, साना तथा मझौला उद्यमीहरूलाई व्यवसायिक विस्तारमा सहयोग पुर्याउने लक्ष्य राख्छ। बैंकले देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा प्रदान गरिरहेको छ ।



