काठमाडौं : गण्डकीमा नेकपा (एकीकृत समाजवादी)का सांसद दीपक मनाङे (राजीव गुरुङ) को ठाउँमा तनहुँका जीतप्रकाश आले मन्त्री बन्ने भएका छन् ।
शुक्रबार बिहान ३ मन्त्री नियुक्त गरेर मनाङेको ठाउँमा खाली राखेर शीर्ष नेतासँग अन्तिम छलफल थालेका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अन्तत मन्त्री नबनाउने निश्कर्षमा पुगेको र तनहुँ–२ प्रदेश सभा २ का जीतप्रकाश आलेलाई मन्त्री बनाउने निश्चित भएको हो ।
आलेसहित आज कांग्रेसबाट दीपेन्द्र थापा र महेन्द्रध्वज जिसीले शपथ लिनेछन् । माओवादीबाट रेशम जुग्जालीले मन्त्रको शपथ लिँदै छन् । मनाङेलाई मन्त्री बनाउन एकीकृत समाजवादीको शिर्ष नेतृत्वले नै दबाब दिएको थियो ।



