२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बैंकहरूमा सेयर कर्जाको माग बढ्यो, ठूला ऋणी आक्रामक

images

सत्कार खबर
  • २०८१ भदौ ११, मंगलबार
  • 726
    SHARES
  • बैंकहरूमा सेयर कर्जाको माग बढ्यो, ठूला ऋणी आक्रामक

     काठमाडौं: अन्य क्षेत्रमा कर्जाको माग शिथिल रहेका बेला सेयर खरिदका लागि भने माग बढेको छ । यतिबेला सेयरधितो कर्जा माग गर्दै आवेदन दिनेको संख्या बढ्दै गएको बैंकर्स बताउँछन् ।

    नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका सीईओ सुनिल केसीका अनुसार पछिल्लो समय बैंकमा सेयर कर्जाबारे बुझ्न आउने र माग गर्नेको संख्या बढेको छ । ‘बजार बढ्ने क्रममा रहँदा सेयर कर्जाको माग बढ्ने गरेको देखिन्छ ।

    अहिले पनि सेयर कर्जाको माग बढेको छ । उहाँले भन्नु भयो , साउनमा वाणिज्य बैंकहरुबाट करिब २ अर्ब सेयरधितो कर्जा गएको छ । ‘पोहोरको साउनमा वाणिज्य बैंकहरुबाट जाने सेयर धितो कर्जा २० अर्ब घटेको थियो तर अहिले २ अर्ब प्लस छ, त्यसकारण यो कर्जामा केही सकारात्मक संकेत देखिएको छ ।

    यद्यपि एक महिनामा जम्मा २ अर्ब कर्जा बढ्नुलाई धेरै बढेको मान्न सकिँदैन। तर साउन कर्जा प्रवाह सुस्त हुने महिना नै मानिन्छ । जसले गर्दा सेयर कर्जा प्रवाह पनि पर्याप्त भइनसकेको केसीले बताउनु भयो। 

    तर धेरैआवेदन प्रक्रियामै रहेको बताए । लगानीयोग्य रकम पर्याप्त रहेको र पुँजीकोषमा सहजता मिलेकाले बैंकहरुलाई यतिबेला सेयर धितो कर्जा दिन असहज छैन । एकल अंककै ब्याजदरमा बैंकहरुले सेयर धितो कर्जा दिन थालेका छन् ।

    नविल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली बजार बढ्दा सेयर कर्जा पनि बढेको बताउँछन् । बजार बढ्दा दुई कारणले सेयर धितो कर्जा बढ्ने गरेको ज्ञवाली बताउनु हुन्छ । 

    धितो राखिने सेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन थोरै हुन्छ, सोही रकमको ७० प्रतिशतसम्म बैंकहरुले कर्जा दिन सक्ने व्यवस्था छ । सेयरको मूल्य बढ्दै जाँदा यो ७० प्रतिशतको रकम पनि बढ्न जान्छ, जसले गर्दा सेयर धितो कर्जा बढ्ने गरेको बैंकर बताउँछन् ।

    सेयर कर्जाको माग गर्नेहरू पनि बढेका छन् ।  पहिले बजार घट्दा कर्जा नलिइकन बसेका लगानीकर्ता पनि यतिबेला कर्जा लिन खोज्ने गर्छन् । जसले गर्दा सेयर कर्जाको माग बढेको ज्ञवाली बताउनु हुन्छ। 

    हाल बैंक तथा वित्तीय संस्थाको कोर क्यापिटलअनुसार सेयर धितो कर्जामा कुल ४ खर्ब ५७ अर्ब रुपैयाँसम्म रकम प्रवाह हुन सक्छ । तर असार मसान्तसम्म सेयर धितो कर्जामा यसको जम्मा १९ प्रतिशत मात्रै प्रवाह भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार असार मसान्तसम्म ९० अर्ब ९ करोड रुपैयाँ सेयर धितो कर्जा गएको छ । जसमा वाणिज्य बैंकहरुबाट मात्रै ७० अर्ब ३४ करोड रुपैयाँ प्रवाह भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ