२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

गोरक्ष हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने तयारी

images

सत्कार खबर
  • २०८१ भदौ १०, सोमबार
  • 501
    SHARES
  • गोरक्ष हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने तयारी

    काठमाडौं : गोरक्ष हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । सभा, असोज ३ गते होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

    सभाले दुई आर्थिक वर्ष २०७९-८० र २०८०-८१ को वार्षिक लेखापरीक्षण प्रतिवेदन, अनुसूचीसहितको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्नेछ ।

    त्यसैगरी सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गरी १ अर्ब ५० करोड पुर्याउने, जारी पुँजी १ अर्ब ३० करोड पुर्याउने तथा जारी पुँजीको १० प्रतिशतले हुन आउने शेयर आयोजना प्रभावित स्थानीय बासिन्दा तथा १५ प्रतिशतले हुन आउने शेयर संस्थाका कर्मचारी तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नेछ ।  

    त्यस्तै, सभाले संस्थापक समूहमध्येबाट ३ जना र १ जना व्यावसायिक विशेषज्ञ सञ्चालक चयन गर्नेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ