२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर बढ्यो

images

  • २०८१ भदौ ७, शुक्रबार
  • 1.2K
    SHARES
  • विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर बढ्यो

    काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमयदर प्रकाशन गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६३ पैसा पुगेको छ । विहीबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रूपैयाँ ५८ पैसा पुगेको थियो ।  

    युरोपियन युरो एकको खरिदमा १४९ रूपैयाँ २७ पैसा र बिक्रीमा १४९ रूपैयाँ ९४ पैसा छ । शुक्रबार युरोपियन युरो एकको खरिदमा १४८ रूपैयाँ ९१ पैसा र बिक्रीमा १४९ रूपैयाँ ८५ पैसा थियो ।

    आज पाउण्ड स्टर्लिंग एकको खरिददर १७५ रुपैयाँ ७६ पैसा रहेको छ भने विक्रीदर १७६ रुपैयाँ ५५ पैसा रहेको छ । शुक्रबार पाउण्ड स्टर्लिंग एकको खरिददर १७४ रुपैयाँ ६० पैसा रहेको छ भने विक्रीदर १७५ रुपैयाँ ३८ पैसा रहेको छ ।

    त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९२ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ९ रुपैयाँ १७ पैसा र बिक्रीमा ९ रूपैयाँ २१ पैसा रहेको छ ।
     
    राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा ३० रूपैयाँ ६१ पैसा र बिक्रीदर ३० रूपैयाँ ७५ पैसा तोकिएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ