२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेशनल लाइफको साधारणसभा आज, १०.७४ प्रतिशत लाभांश पारित गरिँदै

images

सत्कार खबर
  • २०८१ भदौ ७, शुक्रबार
  • 541
    SHARES
  • नेशनल लाइफको साधारणसभा आज, १०.७४ प्रतिशत लाभांश पारित गरिँदै


    काठमाडौं :नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा आज बस्दैछ । सभा, कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले अघिल्लो आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस शेयर र कर सहित १०.७४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

    साथै, सभाले आर्थिक वर्ष ०७९र८० को वार्षिक एवं लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।त्यस्तै, आव ०८०र८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण पनि सभाले गर्नेछ ।

     सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले साउन २४ गते बुकक्लोज गरिसकेको छ । साउन २३ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ