२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने

images

  • २०८० कात्तिक १६, बिहीबार
  • 1.1K
    SHARES
  • आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने

    कात्तिक १६, काठमाडौं :  देशभरका सबै सरकारी कार्यालय आज (बिहीबार) देखि अपराह्न ४ बजेसम्म मात्र खुल्ने भएका छन्।

    सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्।


    यो अवधिमा शुक्रबारको दिन भने ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ। जाडो समयमा दिन छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको छ।

    गृह मन्त्रालयका अनुसार सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि आज (बुधबार) कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ