काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्ने भएको छ । बैंकले आइतबार एक खर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । २१ दिनका लागि राष्ट्र बैंकले तान्ने यो रकम भदौ २३ गते परिपक्व हुनेछ । यसका लागि बैंकले अपरान्ह ३ बजे बोलकबोल गर्नेछ ।
यो एकैपटक प्रशोचन गर्न लागिएको ठुलो रकम हो । गत हप्ता मात्र राष्ट्र बैंकले दुई पटक गरी ८० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न पाउने छन् ।
केन्द्रीय बैंकले भदौ लागेसँगै पहिलोपटक तरलता उठाउन लागेको हो । अघिल्लो महिना साउनमा केन्द्रीय बैंकले ५ पटक तरलता खिचेको थियो ।



