२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अधिकांश वाणिज्य बैंकले भदौ महिनाका लागि घटाए ब्याजदर

images

सत्कार खबर
  • २०८१ साउन ३२, शुक्रबार
  • 886
    SHARES
  • अधिकांश वाणिज्य बैंकले भदौ महिनाका लागि घटाए ब्याजदर

     काठमाडौं :भदौ महिनाका लागि अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाएका छन्। हालसम्म प्राप्त ९ वटा वाणिज्य बैंकको सूचनामध्ये ६ वटाले ब्याजदर घटाएका छन् भने ३ वटा स्थिर राखेका छन्।

    ब्याजदर घटाउनेमा नेपाल बैंक, नबिल, हिमालयन, सानिमा, एनआईसी एसिया र स्ट्यान्डर्ड चार्टर्ड छन्। यी बैंकहरु भदौमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम क्रमशः ५.२५ प्रतिशत, ७ प्रतिशत, ७ प्रतिशत, ७.४१ र ६.२ प्रतिशत दिने भएका छन्।

    साउनमा व्यक्तिगत मुद्दति निक्षेपमा नेपाल बैंकले ६.२५ प्रतिशत, नबिलले ७.२५ प्रतिशत, हिमालयनले ७.५ प्रतिशत, सानिमाले ६.४ प्रतिशत, एनआईसी एसिया ७.६३ प्रतिशत र सिद्धार्थ बैंकले ७ प्रतिशत दिँदै आएका थिए।

    स्ट्यान्डर्ड चार्टर्ड, ग्लोबल आइएमई र लक्ष्मी सनराइज बैंकले भने साउनकै ब्याजदरलाई भदौमा निरन्तरता दिएका छन्। व्यक्तिगत मुद्दति निक्षेपमा स्ट्यान्डर्ड चार्टर्डले ७ प्रतिशत, ग्लोबल आइएमईले ६.२५ प्रतिशत र लक्ष्मी सनराइज बैंकले पनि ६.२५ प्रतिशत ब्याजदर नै निर्धारण गरेका छन्   ।                              

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ