२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आईएमई लाइफका सबै सूचकमा आकर्षक वृद्धि, नाफा मात्रै ५१ करोड

images

  • २०८१ साउन ३०, बुधबार
  • 576
    SHARES
  • आईएमई लाइफका सबै सूचकमा आकर्षक वृद्धि, नाफा मात्रै ५१ करोड

    काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्सको नाफा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १४५ प्रतिशतले बढेको देखिएको छ । 

    समीक्षा अवधिमा कम्पनीले ५१ करोड ४५ लाख रुपियाँ खुद नाफा गरेको छ । अघिल्लो आवमा यस्तो नाफा २० करोड ९९ लाख मात्रै थियो । 

    त्यस्तै, कम्पनीको कुल बीमाशुल्क आम्दानी १३.२४ प्रतिशतले बढेर ४ अर्ब ७४ करोड ११ लाख रुपियाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीले ४ अर्ब १८ करोड ६९ लाख रुपियाँ आम्दानी गरेको थियो । 

    कम्पनीको कुल दाबी भुक्तानी पनि ६.७६ प्रतिशतले वृद्धि भई १ अर्ब २३ करोड १९ लाख रुपियाँ पुगेको छ भने लगानी ५२.८६ प्रतिशतले बढेर १५ अर्ब ३४ करोड ६८ लाख रुपियाँ पुगेको छ । त्यस्तै, चुक्ता पुँजी पनि २५ प्रतिशतले बढेर ५ अर्ब रुपियाँ पुगेको छ । 

    समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४१.५७ प्रतिशतले बढेर ९ अर्ब ९९ करोड १२ लाख रुपियाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ७ अर्ब ५ करोड ७४ लाख रुपियाँ थियो । 

    असार मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी १० रुपियाँ बाट बढेर १०.२९ रुपियाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४५.५९ रुपियाँ छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ