२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कन्फ्रेन्स सम्पन्न

images

  • २०८१ साउन २९, मंगलबार
  • 621
    SHARES
  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कन्फ्रेन्स सम्पन्न

    काठमाडौँ : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले क्राउन अफ एक्सिलेन्स नेशनल लेभल कन्फ्रेन्स- २०८१ आयोजना गरेको छ । इन्स्योरेन्सले यही साउन २५ र २६ गते होटल पोखरा ग्राण्डमा सम्पन्न भयो।


    कार्यक्रममा देशैभरिका अभिर्कताहरु मध्येबाट विभिन्न विधामा उत्कृष्ट व्यवसाय गर्न सफल भएका रिलायवल लिडर्सहरु, कम्पनीका अध्यक्ष लगायतका उच्च व्यवस्थापनाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।


    कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण वावु लोहनीले उत्कृष्ट लिड्सहरुलाई बधाई ज्ञापन गर्नुका साथै कम्पनीको आगामी योजनाबारे जानकारी गराउनु भयो ।


    त्यसैगरी, कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठले अभिर्कताहरु समग्र बीमा क्षेत्रको मेरुदण्ड भएको बताए । साथै उनले अझ सशक्त रुपले व्यवसाय विस्तार गर्ने योजना रहेको भन्दै आउँदा दिनमा कम्पनीका कर्मचारीहरु तथा अभिकर्ताहरुको दक्षता अभिवृद्धिको लागि स्वदेश तथा विदेशमा समेत तालिमको व्यवस्था गर्ने बताए ।


    उक्त कार्यक्रममा व्यक्तिगत, टीम, सर्वाधिक बीमालेख विक्री, सर्वाधिक ठूलो टीम निमार्ण लगायतका विविध विधाहरुमा उत्कृष्ठ लिडर्सहरुलाई सम्मान प्रदान गरीएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ