२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सूर्यज्योति लाइफको खुद नाफा १४६ प्रतिशतले बढ्यो

images

सत्कार खबर
  • २०८१ साउन २८, सोमबार
  • 1.0K
    SHARES
  • सूर्यज्योति लाइफको खुद नाफा १४६ प्रतिशतले बढ्यो

     काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा १४६ प्रतिशतले बढेको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०र०८१ को अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ३९ करोड ६५ लाख नाफा कमाएको हो।

    आर्थिक वर्ष २०७९र८० मा कम्पनीको खुद नाफा १६ करोड ११ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा १४६.०३ प्रतिशतले बढेको हो। 


    कम्पनीको प्रमुख आयस्रोत रहेको बिमा प्रिमियम यो वर्ष बढेको छ। अघिल्लो वर्ष ७ अर्ब  संकलन गरेकोमा असार मसान्तसम्म कम्पनीले ९ अर्बमाथि संकलन गरेको छ। 

    यस्तै कम्पनीले पोलिसी धितो ऋणबाट हुने ब्याज आम्दानी पनि बढाएर यो वर्ष ३७ करोड रुपैयाँ पुर्‍याएको छ।

    अघिल्लो वर्ष कम्पनीले ३३ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो। योबाहेक कम्पनीले लगानीबाट ३ अर्ब आय गरेको छ। अघिल्लो वर्ष कम्पनीले २ अर्ब मात्रै आम्दानी गरेको थियो। 

    नाफा आउनुमा आय बढ्नुका साथै कम्पनीले खर्च कटौती गर्नु प्रमुख देखिन्छ। कम्पनीले प्रिमियम, ब्याज आम्दानी तथा अन्य खालका आयहरु बढाइरहँदा कर्मचारी खर्च भने घटाएको हो।

    अघिल्लो वर्ष कर्मचारी ६२ करोड रुपैयाँ कर्मचारीमा खर्च गरेकोमा कम्पनीले यो वर्ष ६० करोड रुपैयाँ खर्च गरेको हो। यो वर्ष कम्पनीको जीवन बिमा कोष ३३ अर्ब पुगेको छ भने ३४ अर्ब रुपैयाँ लगानी गरेको छ। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ