२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

प्युठानको बिजुवारमा प्रभु बैंक को ३१५औँ शाखा सञ्चालनमा

images

सत्कार खबर
  • २०८१ साउन २६, शनिबार
  • 1.1K
    SHARES
  • प्युठानको बिजुवारमा प्रभु बैंक को ३१५औँ शाखा सञ्चालनमा

     काठमाडौं: प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा शुक्रबारदेखि प्युठान नगरपालिका–४ प्युठान स्थित बिजुवारमा आफ्नो ३१५औँ शाखा सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समिति प्रमुख  धरम बहादुर जीसीले बैंकको नयाँ शाखाको उद्घाटन गरेका थिए ।  

    प्रभु बैंक लि।ले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ्ग सेवाविस्तार गरेको छ । 

    बैंकको बिजुवार शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

    त्यसैगरी, ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकहरूलाई बैङ्किङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ